गजल – ‘राम्रो हुँदैन’

285

– कुश्मा भट्ट

यतिसम्म पनि बिर्सिनु राम्रो हुँदैन
आगोले पानीलाई सम्झिनु राम्रो हुँदैन

तिमी हिमाल हौ यार सधैं अग्लिरहनु
हिउँ जस्तै यसरी पग्लिनु राम्रो हुँदैन

टुट्नेहरू पछि गएर घात गर्न सक्छन्
यसर्थ सिसा सँग जिस्किनु राम्रो हुँदैन

हिजो हात दिएकै कारण लात पायौं
दुश्मनलाई फेरि साथ दिनु राम्रो हुँदैन

म सागरको पानी हूँ सागरमै मिसिन्छु
मैले नदी सङ्ग अल्झिनु राम्रो हुँदैन

– लेखकको फेसबुक वालबाट

 

Leave A Reply

Your email address will not be published.