डोटीको सायलमा साबुन बनाउने तालिम सम्पन्न

1,615

भाद्र ४, डोटी ।
डोटीको सायल गाउँपालिकामा साबुन बनाउने ७ दिनको तालिम सम्पन्न भएको छ ।
‘एक पालिका एक लघु उद्यम विकास’ कार्यक्रम अन्तरगत सायल गाउँपालिका–५ मा उक्त तालिम आइतबार सम्पन्न भएको आयोजक सँस्था नमस्ते सुदूरपश्चिमका अध्यक्ष शैलेन्द्र खड्काले जानकारी दिए ।
पुवार ग्रुपको सहयोगमा सायलको वडा नं. ५ सँगको समन्वयमा महिला र पुरुष गरी २७ जनालाई तालिम दिईएको र आगामी ३ महिनाभित्रमा स्थानीय स्तरमै साबुन उत्पादन गरी बजारीकरण गर्ने उनले बताए ।
आफ्नो वडामा पुगेर साबुन बनाउने सिप सिकाएकोमा सायल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बहादुर साउँदले तालिम आयोजक सँस्थालाई विशेष धन्यवाद दिए । साथै वडा नं. ५ कै ट्याग अर्थात ब्राण्ड बन्ने गरी साबुन उत्पादनका लागि सहयोग गरिदिन पनि अध्यक्ष साउँदले आग्रह गरे ।
तालिममा प्रशिक्षक नमस्ते सुदूरपश्चिमका अध्यक्ष शैलेन्द्र खड्का रहेका थिए भने सायल गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीको प्रमूख आतिथ्यतामा तालिम समापन गरिएको जनाईएको छ ।
नमस्ते सुदूरपश्चिमले डोटीका ९ वटै पालिकामा फरक–फरक खालका लघु उद्यम विकासका लागि तालिम सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.