राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश अधिवेशन दिपायलमा हुने
भाद्र २५, डोटी ।
नेकपा (एमाले) सम्बद्ध युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन डोटीको दिपायलमा हुने भएको छ ।
आगामी असोज ३ र ४ गते आयोजना हुने अधिवेशनलाई नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, पोलिट ब्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत लगाएत नेताहरूले सम्बोधन गर्ने राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटी संयोजक भरत मल्लले बताए ।
अधिवेशनको तयारी तिव्र पारिएको राष्ट्रिय युवा संघ नेपाल, डोटीका अध्यक्ष महेन्द्र कुँवरले जानकारी दिए ।
सुविधा सहजताका नाममा अधिकांश कार्यक्रमहरु तराईतिरै हुने गरेता पनि युवा संघले दिपायललाई अधिवेशन स्थलका रूपमा छनौट गरेको छ ।
लामो समयदेखि ऐतिहासिक प्रशासनिक केन्द्र रहेको डोटीको दिपायलबाट संघीयता लागू भएसङ्गै सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली सारिएपछी चहलपहल प्राय शून्य भएको बेला युवा संघले दिपायलमा प्रदेश अधिवेशन गर्न लागेको हो ।
अधिवेशनले राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्नेछ ।