एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराई युवा सदस्यमा भिड्दै
असोज २३, धनगढी ।
धनगढीमा असोज २१ देखि चलिरहेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु अघि बढिरहेका छन् । सोहिक्रममा आज मंगलबार उम्मेदवारी दर्ताको काम भएको छ।
आगामी नयाँ नेतृत्व चयन गर्ने प्रथम अधिवेशनको प्रदेश कमिटी सदस्य (भुगोल युवा कैलाली) पदमा सोसियल मिडियामार्फत पार्टीका प्रचारक एवं युवा नेता तिर्थराज भट्टराईले उम्मेदवारी दिएका छन् । भट्टराई लामो समय प्रवास कमिटीमा काम गरेर स्वदेस फर्किएका हुन् भने नेकपा कालमा पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि थिए ।