यमपञ्चकको पहिलो दिन कागतिहार, आजबाट तिहार शुरु

218

कार्तिक २५, डोटी ।

आजदेखि यमपञ्चक अर्थात् यो वर्षको तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार मनाइदै छ ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।
यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यो वर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमबार परेको छ ।
गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका कार्तिक २९ गते बुधबार परेको छ।
बुधबार बिहान १० बजेर ५१  मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारलाई दिपावली, दुत्ते पनि भन्ने गरिन्छ ।
यतिबेला तिहारको चारैतिर चहलपहल बढेको छ भने देउसी भैलो खेल्न शुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.