यस्ताे छ एमालेकाे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’

223

कार्तिक २४, डोटी ।

सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा (एमाले) ले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ् सम्मको मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ ।
एमालेको सचिवालय बैठकले राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्धेश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । अभियान बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित हुनेछ ।
बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । उपमहासचिव ज्ञवालीले अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धनमा सहयोग पुग्ने बताए ।
पार्टी स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन र स्थानीय सम्बन्ध तथा राष्ट्रिय सन्देश मिल्ने विश्वास एमालेको विश्वास छ ।
यस यात्राको दौरानमा जनसभा गर्ने, ऐतिहासिक महत्त्वका पर्यटकीय क्षेत्रको अवलोकन देखि स-साना सफल व्यवसायसम्मको अवलोकन समेत गर्ने कार्यक्रम रहेको एमाले उपमहासचिव विष्णु रिमालले बताए ।
यात्राको थालनी पूर्व एमालेले रुट पहिचान र आवश्यक तयारी बारे स्थलगत अध्ययन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.