दिपायल सिलगढीका नगर प्रमुख खड्काले बिदाका दिन आफैं हुइकाएको गाडीको ठक्करले एक घाइते
माघ २०, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (विजय)ले चलाएको सरकारी गाडीले ठक्कर दिएर एक जना घाइते भएका छन्।
धनगढीबाट दिपायल जाँदै गरेको नगरपालिकाको से १ झ ३१७ नम्बरको स्कारपियोको ठक्करबाट चुरे गाउँपालिका – ५ का ५५ वर्षिय पदम सुनार घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार धनगढीबाट दिपायलतर्फ जाने क्रममा खड्का आफैंले चलाएको गाडीले खानीडाडा नजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका सुनारको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ। घाइते सुनारको नाक, मुख र कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
ड्राइभर सिलगढीमै रहेको भए पनि नगर प्रमुख खड्काले आफुसङ्गै भएको बताएका छन् ।
घटनाको अनुसन्धान भैरहेको प्रहरी श्रोतले बताएको छ ।