एमाले डोटीको नवौं अधिवेशनलाई बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

335

फाल्गुन २६, डोटी ।
नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनमा प्रमूख अतिथिका रुपमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आगामी चैत्र २ र ३ गते राजपुर दिपायलमा हुन गैरहेको अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पोखरेल आउने टुङ्गो लागेको एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इन्चार्ज लिला भण्डारीले नजर अनलाइनलाई जानकारी दिइन् ।
अधिवेशनका लागि जिम्मेवारी तोकिएका मूल आयोजक कमिटिसँगै सबै उपसमितिहरु अधिवेशनको तयारीमा तिव्र रुपमा जुटेको एमाले डोटीले जनाएको छ ।
एमाले डोटीको आगामी ३ वर्षे कार्यकालको नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनमा विभिन्न पदाधिकारी पदहरुका लागि आकांक्षीहरुले पनि आ–आफ्नो पक्षमा माहोल सिर्जना गर्न लविङ् शुरु गरिसकेका छन् ।
मुलूककै एक प्रमूख राजनीतिक शक्तिका रुपमा रहेको एमाले पार्टीको डोटी जिल्ला अधिवेशनलाई पनि जिल्लाभित्र सबै कोणबाट विशेष चासोका साथ हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.