जोरायल महोत्सव (दोश्रो संस्करण) २०८० आयोजना हुने

230

फाल्गुन २८, डोटी ।
डोटीको जोरायलमा “जोरायल महोत्सव (दोश्रो संस्करण) २०८०” आयोजना हुने भएको छ ।
नयाँ वर्षको अवसर पारेर युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा आगामी चैत २८ देखि २०८१ बैशाख ३ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ ।
जसका लागि युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवन कुमार शाहुको संयोजकत्वमा १९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
स्थानीय कला संस्कृति संरक्षणका साथै जोरायल क्षेत्रको विकासका लागि टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको महोत्सव मूल व्यवस्थापन समिति संयोजक पवन शाहुले बताए ।
महोत्सव सफल पार्न विभिन्न क्षेत्रगत ८ वटा उपसमिति गठन गरि कार्य विभाजन गरिएको छ ।
युनिक युथ स्पोर्ट्स क्लबले गत वर्ष पहिलोपटक जोरायल महोत्सव २०७९ आयोजना गरेको थियो ।
गाउँमा पहिलोपटक महोत्सव आयोजना भएपछि स्थानीय बासिन्दाहरु हर्षित भएका थिए ।
दोस्रोपटक महोत्सव आयोजना हुने भएपछि फ़ेरि स्थानीय उत्साहित भएका छन् ।
महोत्सवले कला संस्कृति संरक्षण, प्रवर्द्धनका साथै जोरायल क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधि वृद्धि हुने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । यसका साथै गाउँपालिकाबाट हुनसक्ने सहयोगको लागि प्रतिबद्ध रहेकोे अध्यक्ष ओझाले बताए ।
महोत्सवका माध्यमबाट जोरायललाई चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले सबैले सक्दो सहयोग गर्नुपर्ने जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।
गत वर्ष पहिलोपटक आयोजना गरिएको महोत्सवका सिकाईका आधारमा आगामी महोत्सवलाई अझै व्यवस्थित गरिने आयोजक क्लबले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.