डोटीमा कर्तव्य ज्यान मुद्दामा एक महिला पक्राउ

1,060

चैत २१, डोटी ।

सौताको कर्तव्य ज्यान लिने एक महिला बुधबार पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका वडा नं. २ कोटकेला बस्ने दल बहादुर घर्तीमगरकी कान्छी श्रीमती वर्ष ३७ कि यमुना घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

उनले आफ्नै सौता अन्दाजी ४०/४२ की दुर्गा घर्तीमगरलाई चैत १२ गते  दिउँसो करिब  ३ बजेको समयमा स्थानीय कोटकेला खोलामा रहेको पानीघट्ट भित्र प्रवेश गरी ढुङ्गा, काठको आडो, हँसिया र बन्चरो समेतले टाउँकोमा हिर्काई हत्या गरेकोमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घट्टमा जान्छु भनी दिउँसो करिब १ बजेतिर गएकी दुर्गा साँझसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्ने क्रममा भोलीपल्ट बिहान ८:४० बजेको समयमा फेला पारेको निजकी नन्द नाता पर्ने उर्मिला घर्तीमगरले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएकी थिइन् ।

जानकारी पाए लगत्तै  प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव समेतको प्रहरी टोली घट्नास्थलमा पुगेर घटनास्थल लाशजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गरेको थियो ।

घटना बारे मृतककी भाई बहुरानी डम्मरी थापामगरले चैत १४ गते मृतककी कान्छी सौता यमुना घर्तिमगरको नाममा कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएकी थिइन् ।

पक्राउ गरिएकी  घर्तिमगरलाई डोटी जिल्ला अदालतबाट म्याद थप भई विस्तृत अनुसन्धान कार्य भैरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.