गुजारा गर्न केहि त गर्नैपर्यो !
भाद्र १९, डोटी ।
डोटीमा यति बेला कोभिड–१९ महामारीका कारण निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि यहि भाद्र १४ गते आइतबार राती १२ बजेदेखि भाद्र २१ गते आइतबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा तोकिएको हो । यति बेला कमाई गरी खाने विभिन्न रोजगारका अवसरहरु प्राय ठप्प नै छन् । तर मानिसले एक जोर लुगा लगाउन र छाक खाना खानैपर्ने बाध्यता हुँदा डोटीको दिपायल सिलगढी नगरपालिकामा रहेको गोदरे खोलामा स्थानीय बासिन्दा यसरी गिट्टी कुटीरहेका छन् ।