सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी

368

झलक पाली
भाद्र १९, डोटी । 

सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा रहेका पिसिआर परीक्षण प्रयोगशालामा ३/३ र सेती प्राविधिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १ जनामा गरी थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४६४ को नमूना स्वाव परीक्षण गरिएकोमा १ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै डडेल्धुरा अस्पतालमा ४५९ जनामा गरिएको कोरोना परीक्षणमा थप ३ जनामा र जिल्ला अस्पताल डोटीमा १४१ जनामा गरीएको कोरोना परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको सम्बन्धित अस्पतालका प्रयोगशालाले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।
सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टी भएका व्यक्ति धनगढी उपमहानगरपालिका ५ कैलालीका २६ वर्षिय महिला रहेका छन् ।

No photo description available.
त्यस्तै डडेल्धुरा अस्पतालमा कोरोना पुष्टी भएकाहरुमा बैतडीको पाटन नगरपालिकाका १ जना, मष्टा गाउँपालिका बझाङका १ जना र दार्चुला मार्मा गाउँपालिकाका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।


त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालाबाट कोरोना पुष्टी भएकाहरुमा डोटीको पूर्वीचौकी गाउँपालिकाका १ पुरुष र आदर्श गाउँपालिका ३ का १ महिला गरी २ जनामा र अछामको मेल्लेख गाउँपालिका वडा न. १ का १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave A Reply

Your email address will not be published.