डोटीमा एक महिनामा ३० जना स्क्रबटाइफसका बिरामी फेला
सुवास नेपाली
भाद्र २१, डोटी ।
डोटी जिल्लामा एक महिनाको अवधिमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् ।
गत श्रावण २० गते देखि भाद्र २० गतेसम्म उक्त संख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।
बिरामीहरुमध्ये केहिमा जटिल समस्या देखिएका कारण आई.सि.यु. आवश्यक पर्ने भएकाले जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल डोटीका एम.डि.जि.पि. डाक्टर प्रमोद भट्टले बताए ।
माइट नामक किराको टोकाइबाट स्क्रबटाइफसको संक्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरिरका कलेजो, मस्तिष्क, फोक्सो र मृगौला लगाएतका अंगमा प्रवेश गरि विभिन्न लक्षण देखा पर्ने डाक्टर भट्टले बताए ।
यसबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य सँस्थामा चेकजाँच गराउनु पर्ने उनले बताए ।
स्क्रबटाईफसका बिरामीको संख्या बढदै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालय डोटीमार्फत जनचेतना फैलाउने कार्य भैरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।