डोटीमा भाद्र २८ सम्म निषेधाज्ञा थपियो
झलक पाली
भाद्र २१, डोटी ।
डोटीमा भाद्र १४ देखि २१ गतेसम्म तोकिएको निषेधाज्ञा अवधी थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले निषेध आदेश निरन्तरता सम्बन्धी सूचना जारी गर्दै भाद्र २८ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकको निर्णय र सिफारिस बमोजिम एकहप्ताका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।
जिल्लाभित्र कोरोना संक्रमण दर बढ्दै गएको अवस्थामा यसको रोकथाम, नियन्त्रण र उपचार सहजताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
डोटीमा निषेधाज्ञाको सकारात्मक प्रभाव परिरहेको छ ।
निषेधाज्ञा अवधीमा अत्यावश्यक बाहेकका सेवा ठप्प रहने जनाईएको छ ।
विस्तृत हेर्नुहोस सूचनामा –
