घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

1,104

चैत २७, डोटी ।
डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल विजयी भएको छ ।
विजयी हुने अनेरास्ववियुका उम्मेदवार क्रमशः अध्यक्ष सुरत बोहराले ६९, सचीव दीपक साउदले ६५ र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै विजयी हुने अनेरास्ववियुका सदस्यहरु शर्मिला बि.क. ६६, रेखा शाहु ६५, धना कुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेविसंघका तर्फबाट निकटतम प्रतिद्वन्द्वी उम्मेदवारहरु अध्यक्ष मोहन सिं पालीले ३४, सचीव कर्णदेव बोहराले ३८ र कोषाध्यक्ष लक्ष्मी मडैले ३३ मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यमा नेविसंघका तर्फबाट उम्मेदवारहरु गीता कुमारी मल्लले ३४, दीक्षा नाम्जालीमगरले ३६, सीता कुमारी अवस्थीले ३४ र रुपक बोहराले ३६ मत प्राप्त गरेका छन् ।
कुल ११४ जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो ।
समानुपातिक तर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी संघले ३६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक बासुदेव जोशीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.