कृषि ज्ञान केन्द्र डोटीका ‘वर्ष दिनका ३४ उपलब्धि’ सार्वजनिक, सबैले गरे तारिफ
असार ३०, डोटी ।
कृषि ज्ञान केन्द्र डोटीले चालु आर्थिक वर्ष २०८१/८२ मा भए गरेका काम सहित ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको छ ।
आइतबार सिलगढीमा आयोजित सञ्चारकर्मीहरुसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममार्फत ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको हो । तथापी १० वटा कामहरु सम्पन्न गर्न नसकिएको पनि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्र प्रमूख, बरिष्ठ कृषि प्रसार अधिकृत गंगादत्त अवस्थीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार प्रदेश सरकारबाट प्राप्त कार्यक्रमतर्फ ७७.२३ प्रतिशत र संघ सरकारबाट प्राप्त कार्यक्रमतर्फ ९७.४५ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।
कृषि ज्ञान केन्द्र डोटीको सबैले तारिफ गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरेका कामहरुको प्रशंसा गर्दै धन्यवाद दिए । यसका साथै सिंहले नेपालीको भविष्यको एउटा मात्रै विकल्प कृषि नै रहेकोमा बताए । कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार अँझै बढी जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । कृषिलाई बढावा दिन हरेक सञ्चारमाध्यमले समाचारको शुरुमै देखिने गरी कृषि सम्बन्धी सन्देश प्रकाशन गरिदिन पनि सबै सञ्चारकर्मीहरु सँग जिसस प्रमूख सिंहले आग्रह गरेका छन् ।
यसै गरी डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लाका सबै सरकारी कार्यालयभन्दा बढी अन्तरक्रिया गर्ने कार्यालयका रुपमा कृषि ज्ञान केन्द्र रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् । हरेक राम्रा कामहरुको सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन सकेमा जिल्लाका लागि अँझै फाइदा हुने प्रजिअ जोशीले बताए । यसका साथै काम गर्ने क्रममा देखिएका समस्याहरुलाई सिकाईका रुपमा लिन र आगामी योजनामा रहेका प्रस्तावित कार्यक्रमहरु पनि कृषकहरु प्रत्यक्ष लाभान्वित हुने र परिणाम देखिने गरी काम गर्न शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले पनि कृषि ज्ञान केन्द्रबाट कृषि क्षेत्रमा भैरहेका कामको प्रशंसा गरेका थिए ।
के–के र कहाँ–कहाँ भएका हुन् ३४ उपलब्धी हेर्नुहोस् – 




यि हुन् सम्पन्न गर्न नसकेका १० कामहरु :

यस्ता छन् आगामी योजना :

यस्ता छन् कृषि ज्ञान केन्द्रले महशुस गरेका चुनौतिहरु :