नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

मृत्यु हुनेमा कपिलवस्तुका बनारसी वर्मा

263

भाद्र २२, कपिलवस्तु ।
कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ ।
मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचार गराउँदै आएको परिवार श्रोतले जनाएको छ । उनमा कोरोना सङ्क्रमण पुष्टि पनि भएको थियो ।
उनी नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए ।
पत्रकार वर्माको निधनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति नेपाल पत्रकार महासंघ लगाएत विभिन्न संघ संगठनहरुले दुःख व्यक्त गरेको विभिन्न सञ्चारमाध्यमका समाचारहरुमा जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.