केन्द्रिय नेता द्वय पत्रकार झलक पाली र युवा नरेश मलासीद्वारा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

445

प्रकाश जोशी
भाद्र २३, डोटी ।

प्रेस संगठन नेपाल केन्द्रिय लेखा आयोग सदस्य पत्रकार झलक पाली र राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य द्वयले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मंगलबार स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
प्रहरीले आफ्नो नियमित कामकाज सँगै कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सक्रियताका साथ अहोरात्र खट्नु परेकाले व्यक्तिगत सुरक्षाका लागि मास्क, स्यानीटाइजर, पञ्जा लगाएतका सामाग्री अति आवश्यक पर्ने भएकाले सानो भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरिएको केन्द्रिय नेता द्वयले बताएका छन् ।
प्रेस संगठन नेपाल केन्द्रिय लेखा आयोग सदस्य पालीले डोटीको इलाका प्रहरी कार्यालयमै पुगेर इलाका प्रहरी कार्यालय इञ्चार्ज सइ रमेश शाहीलाई एक सय थान मास्क र २० बोत्तल स्यानीटाइजर प्रदान गरेका हुन् ।

Image may contain: 1 person, standing and outdoor
त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मलासीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायमै पुगेर ट्राफिक प्रहरी प्रमूख सइ अशोक खड्कालाई १२ पिस एन नाइन्टी फाइभ मास्क, १२ बोत्तल स्यानीटाइजर र १२ पिस ह्यान्ड ग्लोब्स प्रदान गरेका हुन् ।

Image may contain: one or more people and outdoor
युवा समाजसेवी मलासीले करिब एक हप्ता पहिले जिल्ला प्रहरी कार्यालय डोटीलाई पनि मास्क, खानेपानी लगाएतका सामाग्री सहयोग गरेका थिए ।
स्वास्थ्य सामाग्री सहयोग गरेकोमा दुवै प्रहरी कार्यालयका तर्फबाट सहयोगदातालाई धन्यवाद दिंदै जनताको सेवामा काम गर्न थप प्रेरणा र हौसला मिलेको बताएका थिए ।
कार्यक्रममा अनेरास्ववीयु डोटीका विद्यार्थी नेता बिर बहादुर बिष्ट पनि सहभागि रहेका थिए ।

Leave A Reply

Your email address will not be published.