बाल सुधार गृहभित्रै एक किशोरले गरे झुन्डिएर आत्महत्या
असोज १९, डोटी ।
डोटीको सिलगढीमा रहेको बाल सुधार गृहभित्रै एक किशोरले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् ।
बिहान ९ बजेर ४० मिनेटको समयमा डोटीकै बोगटान फुड्सिल गाउँपालिका – ७ खतेडी घर भएका १९ वर्षीया श्याम बि.क.ले आफ्नै सुत्ने कोठामा कपडा झुण्ड्याउन राखीएको डोरीले पंखा झुण्डाउने हुकमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
ऊनी जवरजस्ती करणी मुद्दामा बालसुधार गृह डोटीमा कैद भुक्तान गरिरहेका थिए । बाल सुधार गृहमा ड्युटीमा रहेका प्रहरी हवल्दार बिर्ख रोकायाले देखेपछी तत्काल पासो काटेर उपचारको लागि जिल्ला अस्पताल डोटीमा लगी चेक जाँच गराउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।बालसुधार गृह प्रमुख नायब सुब्वा सानुमाया लिम्बु गुरुङ, मृतकका बुबा लाल बहादुर बि.क. र दाजु टिका सिंह बि.क. पनि साथमा रहेको प्रहरीले जनाएको छ ।
उनी कहिलेबाट र कति समयको लागि कैद भुक्तान गरिरहेका थिए भन्नेबारे खुलाइएको छैन ।
उनको शव जिल्ला अस्पताल डोटीमा रहेको बाल सुधार गृह प्रमुख लिम्बुले जानकारी दिइन् ।
बाल सुधार गृहभित्रै कैदीबन्दीले आत्महत्या गर्दा पनि आन्तरिक प्रशासन र ड्युटीमा रहेको प्रहरी सुरक्षाको अवस्था भने कमजोर रहेकोे देखिन्छ ।