बिदाको दिनमा के.आई.सिंह वडा नं. ४ को बाइक दुर्घटना, दुई जना घाइते, एक धनगढी रिफर

2,574

असोज १८, डोटी ।
डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ को बाइक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहान ११:५ बजेको समयमा वडा नं.४ वायलको भित्री सडक खण्ड चन्केशैनबाट वायल बजारतर्फ आउँदै गरेको वडा नं. ४ को सु.प.प्र.०३००१ बा ००४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा बाइक चालक सोही वडाको बास्कोट बस्ने वर्ष २१ का आशिष सिजापती र पछाडी सवार सोही वडाको गोगन खोला बस्ने वर्ष २५ को कृष्ण पाण्डेय घाइते भएकोे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
सिजापतीको घाटीमा चोट लागेको र अवस्था सामान्य रहेको तथा पाण्डेको दाहिने खुट्टा र दाहिने हातको कुईनोमा चोट लागेको बताइएको छ । स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाण्डेयलाई थप उपचारको लागी धनगढीतर्फ पठाएको प्रहरीले जनाएको छ ।
के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जय बहादुर धामीका अनुसार मोटरसाइकल चालक र पछाडि सवार दुवै जना वडाका कर्मचारी भने होइनन् । अध्यक्ष धामीले भने-“मलाई बाइक चलाउन आउँदैन । सेवा सुविधा नदिए पनि प्राय मेरो बाइक चलाउने सहयोगी आशिष सिजापती नै हुन् । चन्केशैनका किसान डिल्लीराज शर्माले बाख्रा बिरामी भएर मर्न लागेको खबर गरेका थिए । तब स्थानीय एग्रोभेट संचालक कृष्ण पाण्डेयलाई औषधि सहित लैजान बाइक दिएको थिएँ ।”
दशैंको समयमा पशु सेवा शाखाका कर्मचारी बिदामा गएको बेला किसानको सेवाको लागि व्यवहारिक रूपमा सरकारी बाइक दिएर पठाएको वडा अध्यक्ष धामीले बताए ।

 

Leave A Reply

Your email address will not be published.