दिपायल सिलगढी ६ को सहयोगमा पप माविका १ हजार ६० विद्यार्थीलाई स्वीटर वितरण
माघ ८, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले विहीबार १ हजार ६० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
जाडोको मौसममा विद्यार्थीहरुलाई पठनपाठनमा सहजता आओस् भन्ने उद्देश्यले सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि १० कक्षासम्मका १ हजार ६० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए ।
विद्यालयको ७८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित जिल्ला स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम र स्वीटर वितरण कार्यक्रम सङ्गसङ्गै आयोजना गरिएको उनलेे बताए ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का
कार्यवाहक वडा अध्यक्ष चन्द्रा नेपालीले पपमावीका प्रधानाध्यापक ओझालाई स्वीटर हस्तान्तरण गरेकी हुन् ।
पपमावीले वार्षिकोत्सवको अवसरमा साताव्यापी रूपमा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरि भोलि शुक्रबार पुरस्कार वितरण सहित समापन गरिने जनाएको छ ।