बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

594

माघ २३, डोटी ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सोमबार साँझ सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घटनास्थलमै ६ जना र उपचारका क्रममा थप २ जनाको मृत्यु भएको थियो। त्यस्तै, डडेलधुरा अस्पतालमा उपचाररत थप ५ जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।दुर्घटनामा घाइते भएका ४५ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायका अनुसार बसमा सवार एकजना बालक बेपत्ता भएको आफन्तहरूले बताएका छन्। बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। – अन्नपूर्ण पोस्टबाट

Leave A Reply

Your email address will not be published.