प्रेस चौतारी डोटीका अध्यक्ष प्रेम नेपालीले त्यागे एमाले

1,814

साउन २६, डोटी ।
प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष प्रेम नेपालीले नेकपा (एमाले) सँगको आफ्नो राजनीतिक सम्बन्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन्।
नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले आफूलाई अहिलेसम्म सहयोग, हौसला र प्रेरणा दिने सम्पूर्णप्रति हृदयदेखि धन्यवादसमेत व्यक्त गरेका छन्।
उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “लौ आजबाट नेकपा (एमाले)सँगको मेरो सबै राजनीतिक सम्बन्ध औपचारिक रूपमा समाप्त भै पार्टी परित्याग गरेको घोषणा गर्दछु।”
नेपाली प्रेस चौतारी नेपाल डोटीको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।
२०७८ मा सम्पन्न एमाले डोटीको आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य चयन भएर साँस्कृतिक विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका ऊनी राष्ट्रिय जन साँस्कृतिक महासंघ डोटी जिल्ला अध्यक्ष पनि हुन् ।
नेपालीले एमाले परित्याग गरे पनि अब कुन राजनीतिक दलमा जाने वा स्वतन्त्र बस्ने भन्नेबारे भने आफ्नो पोस्टमा केही खुलाएका छैनन्।
एमाले पुर्व उपाध्यक्ष शेर बहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकै दिन नेपालीले एमाले त्याग गरेको विषय रहस्यमय रहेको छ ।
सायल गाउँपालिका १ छपाली घर भएका नेपाली यतिबेला साँस्कृतिक कार्यक्रमकै शिलशिलामा भारतमा छन् ।

Leave A Reply

Your email address will not be published.