जिल्ला अस्पताल डोटीको पीसिआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टी

608

असोज १, डोटी ।

जिल्ला अस्पताल डोटीको पीसिआर प्रयोगशालामा विहीबार गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टी भएको छ ।
अस्तपालले जारी गरेको विज्ञप्ती अनुसार विहीबार १ सय ७६ वटा नयाँ नमूनाहरु परीक्षण गरिएकोमा ३४ वटामा पोजेटिभ देखिएको र १ सय ४२ वटाको नतिजा नेगेटिभ देखिएको जनाईएको छ ।
अस्पतालका मोलेकुलर ल्याब इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार डोटीको के.आई.सिंह गाउँपालिकाका ४ पुरुष, शिखर नगरपालिकाका ७ पुरुष र १ महिला गरी ८ र दिपायल सिलगढी नगरपालिकाका ५ जना पुरुष रहेका छन् ।
बाँकी १३ जना पुरुष र ४ जना महिला गरी १७ जना अछामको साँफेबगर नगरपालिकाका रहेको विज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.