प्रलेस सुदूरपश्चिमको ‘कविता विमर्श तथा वाचन’ कार्यक्रम जारी

617

असोज ३, डोटी ।

बामपन्थी लेखकहरुको साझा सँस्था प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश कमिटिद्वारा शनिबार आयोजित ‘कविता विमर्श र वाचन’ कार्यक्रम यति बेला चलिरहेको छ ।
दिउँसो १ बजेबाट आयोजित कार्यक्रम प्रलेसका प्रदेश अध्यक्ष जनक रसिकको अध्यक्षता एवं प्रलेसका पूर्व केन्द्रिय अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक मातृका पोखरेलको प्रमूख आतिथ्यतामा अहिले जारी छ ।
जुम क्लाउड एप्समार्फत आयोजित भच्र्युअल कार्यक्रममा मूख्यतया साहित्यकार मातृका पोखरेलको गणतन्त्र कविता आन्दोलनको इतिहास र केशव सिलवालको समकालीन कविताका स्वरहरु विषयमा कार्यक्रम बढी केन्द्रित छ ।
कार्यक्रममा सुदूरपश्चिमका ९ वटा जिल्लाहरुमध्ये बाजुरा र अछाम बाहेक ७ जिल्लाका १६ जना श्रष्टाहरुले आ–आफ्ना कविता वाचन गरेका छन् ।
जसमा कञ्चनपुरका जगदिश ओझा, कैलालीका लक्षीराम आचार्य, बझाङ्का युगिन विवेश, दार्चुलाका पदम बडाल, बैतडीका कविराज भट्टले आफ्ना कविता पस्केका छन् ।
त्यस्तै डोटीका झलक पाली ‘झरना’, केशवनाथ योगी, कैलालीका योगराज आचार्य, डडेल्धुराका रियल एनालाईसिस, कञ्चनपुरका चन्द्रकला पन्त, कैलालीका मेघनाथ बन्धु, कञ्चनपुरका गंगाप्रसाद रिजाल, लक्ष्मीप्रसाद पौडेल, कैलालीका बाबुराम आचार्य, यमराज जोशी र रमेश पन्त ‘मितबन्धु’ ले पनि आफ्ना कवितात्मक सिर्जना पस्केका छन् ।
कार्यक्रममा अन्य थुप्रै चर्चित साहित्यकारहरुको पनि सहभागिता रहेको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण प्रलेसले औपचारिक कार्यक्रम तथा बैठक सञ्चालन गर्न असहज भईरहेको अवस्थामा भच्र्युअल कार्यक्रम आयोजना गरिएको प्रलेसका सुदूरपश्चिम प्रदेश सचिव केशवनाथ योगीले बताए ।

Leave A Reply

Your email address will not be published.