नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुग्यो

835

असोज ३, काडमाण्डौ ।
नेपालमा पछिल्लो अपडेट अनुसार थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ती सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा कुल सङ्क्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।यससँगै नेपालमा कुल ४५ हजार २ सय ६७ जना निको भएका छन् ।
हाल १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.