डोटीमा मानव अधिकार रक्षक सञ्जाल गठन, संयोजकमा जोशी
असोज ५, डोटी ।
डोटीमा पत्रकार नवराज जोशीको संयोजकत्वमा मानव अधिकार रक्षक जिल्ला स्तरीय सञ्जाल सोमबार गठन भएको छ ।
डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको मान अधिकार रक्षकहरुको सबलीकरण तथा जिल्ला स्तरीय सञ्जाल गठन कार्यक्रमबाट जोशीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको इन्सेक डोटी जिल्ला प्रतिनिधी बासुदेव जोशीले जानकारी दिए ।
समितिको सदस्यहरुमा देवकी बोहरा, गणेश मौनी, प्रेम बहादुर भण्डारी, योगोश मल्ल, कर्ण बहादुर चन्द, सुवास नेपाली, सिता बि.क. र गीता नेपाली रहेका छन् ।
त्यस्तै सञ्जालको सल्लाहकार समिति पनि गठन भएको छ ।
सल्लाहकार समितिमा अधिवक्ता शंकरदीप मडै, झलक पाली र अधिराज बिसी रहेका छन् ।
जिल्लामा मानव अधिकार हनन तथा उलंघनका घटनाहरु विरुद्ध आवाज उठाउन सञ्जालले सक्रिय भएर काम गर्ने नव गठित सञ्जालका संयोजक जोशीले प्रतिवद्धता जनाएका छन् ।