जिल्ला प्रशासन कार्यालय डोटीद्वारा सोमबार राती ८ बजेसम्म नागरिकता वितरण

587

असोज ५, डोटी ।

जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार राती ८ बजेसम्म नागरिकता वितरण गरेको छ ।
जम्मा ९ वटा स्थानीय तह रहेको डोटीमा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई कुन बार कुन स्थानीय तहको पालो भनेर तालिका बनाएको छ । जस अनुसार सोमबार पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकाको पालो रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिव कुमार राईका अनुसार स्थानीय तहहरुले कोरोना महामारीको समयमा देश बाहिरबाट रोजगारी गुमाएर स्वदेश फर्केकाहरुलाई रोजगार तथा अनुदानका कार्यक्रम ल्याईरहेको र देशमा गरिएको बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो भएपछि सेवाग्राहीको चाप बढेको हो ।
जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर गौतम रोकायाका अनुसार सोमबार मात्रै १ सय ५० जना मानिसले नयाँ नागरिकता लिएका छन् भने ३३ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् । जसमध्ये नयाँ नागरिकता लिनेमा १ सय ३४ जना पुरुष छन् भने १६ जना महिला रहेका छन् । त्यस्तै प्रतिलिपी लिनेहरुमा २८ पुरुष र ५ जना महिला रहेको कम्प्युटर अपरेटर रोकायाले बताए ।
यसका साथै ४ जना व्यक्तिले सोमबार साधारण राहदानीको सेवा लिएका छन् ।
सामान्य अवस्थामा दैनिक सरदर ३० देखि ४० जना जतिले डोटीमा नागरिकता बनाउने गरेको तथ्यांक रहेको रोकायाले बताए ।
यद्यपी जिल्ला प्रशासन कार्यालयमा दरवन्दी अनुसार कर्मचारी अभाव भएका कारण पनि सेवा प्रवाहमा केहि ढिलाई भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राईले बताए ।
कार्यालय समयभन्दा पछि राती ८ बजेसम्म पनि सेवाग्राहीलाई सेवा प्रवाह गर्न पाएकोमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले खुशी व्यक्त गरेका छन् ।
पछिल्लो समयमा भाद्र २८ सम्म जिल्लामा निषेधाज्ञा रहेको र भाद्र २९ गतेदेखि केहि खुकुलो पारिएकाले त्यस यता नागरिकता लिने सेवाग्राहीहरुको तथ्यांक तालिका तल हेर्नुहोस्–

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार डोटीमा कुन स्थानीय तहलाई कुन दिन पालो दिईएको छ, सूचनामा हेर्नुहोस् –

सोमबार सेवाग्राहीको भिडभाडका केहि तस्वीरहरु हेर्नुहोस् –

Leave A Reply

Your email address will not be published.