जिल्ला अस्पताल डोटीमा गरिएको पिसिआर परीक्षणमा डोटीका १७ र अछामका १८ गरी थप ३५ जनामा कोरोना पुष्टी

618

प्रेम नेपाली

असोज ७, डोटी ।

जिल्ला अस्पताल डोटीमा बुधबार गरिएको पिसिआर परीक्षणमा डोटीका १७ र अछामका १८ जना गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टी छ ।

अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार बुधबार जम्मा १ सय ७२ नयाँ नमुना परीक्षणमध्ये ३५ नमूनाको नतिजा पोजेटिभ र १ सय ३७ जनाको नतिजा नेगेटीभ रहेको जनाईएको छ ।

संक्रमितहरुमा डोटीको आदर्श गाउँपालिकाका ५ पुरुष र ८ महिला गरी १३ जना र दिपायल सिलगढी नगरपालिकाका २ पुरुष र २ पुरुष गरी ४ जना रहेका छन् ।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकाका १ जना पुरुष र १ जना महिला तथा रामारोशन गाउँपालिकाका १२ पुरुष र ४ महिला रहेको विज्ञप्तीमा उल्लेख छ ।

No photo description available.

 

 

Leave A Reply

Your email address will not be published.