दसैं भत्ता नदिने मन्त्रिपरिषद्को निर्णय
-
- कार्तिक ३,
काठमाडौं । कोरोना महामारीले मुलुक थिलथिलो भएको अवस्थामा संसद सदस्यले दसैं भत्ता नलिने निर्णय सरकारले गरेको छ । संसद सचिवालयले संघीय सांसदको खातामा भत्ता निकासा गरेपछि केही सांसद र पार्टीहरुले यसको विरोध गर्दै फिर्ताको घोषणा गर्न थालेका थिए ।आफूखुसी घोषणा भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दसैं भत्ता दिने निर्णय फिर्ता गरेको हो ।
गत वर्ष गरेको निर्णय अनुरुप नै संसद सचिवालयले भत्ता उपलब्ध गराएपछि सरकारले नै भत्ता नदिने निर्णय गरेको छ ।
चालू वर्षको बजेटमै भत्ताको व्यवस्था नगरिएको स्पष्ट पार्दै सरकारले गत वर्षको निर्णय देखाउँदै भत्ता वितरण गरेपछि त्यसलाई खारेज गरिदिएको हो । सांसदको खातामा रकम गइसकेकाले त्यसलाई अब फिर्ता गर्नुपर्ने हुन्छ ।
यस विषयमा विस्तृतमा जानकारी भने अपराह्न सिंहदरबारमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी गराइने स्रोतले जनाएको छ । – खुला नेपाल डट कमबाट