जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको पिसिआर परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण

969

कार्तिक ३, डोटी ।
जिल्ला अस्पताल डोटीको पिसिआर परीक्षण प्रयोगशालामा सोमबाट गरीएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १ सय ९४ नमुना मध्ये ३१ नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठद्वारा प्रकाशित अस्पतालको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती अनुसार दिपायल सिलगढी नगरपालिकाका १३ पुरुष र ७ महिला गरी २० जना, बोगटान फुड्सिल गाँउपालिकाका ४ पुरुष र २ महिला गरी ६ जना, शिखर नगरपालिकाका २ पुरुष र १ महिला गरी ३ जना, आदर्श गाँउपालिकामा १ महिला, र के.आई.सिंह गाँउपालिकामा १ पुरुष गरी जम्मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Image may contain: text

Leave A Reply

Your email address will not be published.