अरिङ्गालको टोकाइबाट डोटीको छपालीमा २ बालिकाको मृत्यु
प्रेम नेपाली
कार्तिक १२, डोटी ।
डोटीमा अरिङ्गालको टोकाइबाट २ बालिकाको मृत्युु भएको छ ।
सायल गाउँपालिका १ छपालीको रोकाया गाउँका भीम रोकायाका छोरीहरु वर्ष ५ का मनिषा रोकाया र वर्ष ३ कि सिर्जना रोकायाको मंगलबार निधन भएको हो ।
मंगलबार बेलुकी ५ बजेतिर घर नजिकैको रुखमा रहेको अरिङ्गालको गोलोबाट ठूलो सन्ख्यामा आएको अरिङ्गालको टोकाइबाट स्वास्थ्य अवस्था गम्भीर भइ नजिकैको छपाली स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमा मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।
दुवै बालिकाको शव आज बुधबार बिहान अन्त्यष्टी गरिएको छ ।