कविता : विगतको सम्झना प्यारो
– नरेन्द्र बिष्ट
आयआर्जन हो प्यारो श्रम शक्ति र सम्पति ।
रूप सौन्दर्य प्यारो बैंशको प्रिय दम्पति ।।
नासिदा रूप सौन्दर्य प्रेमको मोल नासियो ।
सामथ्र्य आँतको आँट नासियो ।।
भयो दूर्बल मस्तिष्क बुढ्यौलिपन चुल्हिदा ।
आक्रामक बनी रोग झम्टिदो बाध बनिदिदा ।।
खाएको गास पच्दैन खाने स्वाद हराउँछ ।
लुलो शरीर सानै ती समस्यामा डराउँछ ।।
सुन्दैन जति बोलेनी रिसाई पनि गर्नु के ?
राख्दैन मान मर्यादा खोएरै पनि के ?
आफ्नै सन्तानले हेप्छन नोकर चाकरले पनि ।
बिझाई बोल्दछन आफ्ना आफन्तै जनले पनि ।।
घोटेर हाड जोडेका सारा चिज उडाउँदै ।
थुपार्छन दोषका भारी आफ्नै मान्छेले सधैं ।।
पढेका शास्त्रका वाणी साँच्चै स्वादिष्ट लाग्दछ ।
निति धर्म द्यौताको त्रास जाग्दछ ।।