डोटीको बुडरमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ शुरु

892

शिव ओली/मंसिर १७, डोटी ।

डोटीको जोरायल गाउँपालिका वडा नं. २ स्थित बुडर खेलमैदानमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को बुधबार समुद्घाटन भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले समुद्घाटन गरेका छन् ।
समुद्घाटन कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओझाले जोरायल गाउँपालिका खेल र खेलाडीप्रति संवेदनशील रहेको बताएका छन् । साथै सुदूरपश्चिमको मुटुमा पर्ने बुडर खेलमैदानको तुरुन्तै डिपिआर गरी स्तरोन्नती गर्न र जोरायल गाउँपालिकालाई चिनाउने गरी पहलकदमी गरिरहेको उनले बताए ।

No description available.
उक्त प्रतियोगिताका विजेताले रु. १ लाख ११ हजार १ सय ११ नगद सहित ट्रफि, मेडल प्रमाण पत्र तथा उप–विजेताले रु. ५५ हजार ५ सय ५५ नगद सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् ।
नक आउट चरण खेलाईएको खेलमा सुदूरपश्चिमका डोटी, कैलाली, अछाम र बाजुराका गरी जम्मा ११ वटा टिमको सहभागिता रहेको खेलकुद प्रतियोगिताका संयोजक पवन कुमार शाहुले जानकारी दिए ।

No description available.
यहि मंसिर २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन भएको खेलमा युनिक युथ स्पोर्टस् क्लब जोरायल र जेएससी डोटीबिच भएकोमा जेएससीले युनिक युथ स्पोर्टस् क्लबलाई ३–० ले पराजित गरेको छ ।
भोलि विहीबार बिहान रानीवन स्पोर्टस् क्लब बाजुरा र राजधानी युवा क्लब अत्तरीया, कैलालीबिच हुने आयोजकले जनाएको छ ।

No description available.जोरायल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मान बहादुर मल्लको अध्यक्षतामा सम्पन्न खेल प्रतियोगिताको समुद्घाटन कार्यक्रममा प्रमूख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, विशिष्ट अतिथिमा उपाध्यक्ष जमुना बोहरा लगाएतको सहभागिता रहेको थियो ।No description available.No description available.

Leave A Reply

Your email address will not be published.