नेपाल बाल संगठन डोटीको अधिवेशन सम्पन्न
धन कुमाल
माघ १७, डोटी ।
नेपाल बाल संगठन डोटीको जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट बाल संगठनका तदर्थ समिति सभापति बिमल विक्रम शाहीको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समितिको सदस्यहरुमा धनी भट्ट जैशी, यादव बहादुर बोगटी, कमल बम, लक्ष्मी बिष्ट, सुशील सिंह, टेक बहादुर मल्ल र तेज बहादुर जोरा सर्वसम्मत चयन भएका छन् ।
वर्षा होटेलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जिल्ला समन्वय समिति डोटी प्रमुख राम ऐरले यश सङ्गठनको मर्म अनुसार असहाय, टुहुरा बालबालिकाको क्षेत्रमा काम गर्न दत्तचित्त भएर लाग्न आग्रह गरे ।
त्यस्तै अधिकारकर्मी शेर बहादुर मल्लले बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको नीति अनुसार यस संगठनले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा डोटीका विभिन्न जनप्रतिनिधि, बाल अधिकारकर्मी, जिल्लाभर रहेका नेपाल बाल संगठनका साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।