सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिको अधिवेशन सम्पन्न : अध्यक्षमा खड्का सर्बसम्मत

657

प्रेम नेपाली
माघ १९, डोटी ।
सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो वार्षित्सवको अवसरमा दोस्रो राज्य अधिवेशन भव्यताका साथ सम्पन्न भएको नव गठित समितिका सचीव कमल परियारले जानकारी दिए ।
आईतबार भारतको चेन्नैमा भएको अधिवेननबाट अध्यक्षमा टेक बहादुर खड्का, बरिष्ठ उपाध्यक्ष भिम रसायली, उपाध्यक्षहरु भिम खडायत, बहादुर बोगटी, कृष्ण पुजारा, सचीव कमल परियार, सह-सचीव मान बहादुर खड्का, काेषाध्यक्ष इन्द्र बहादुर रोकाया र सह-काेषाध्यक्ष ओम प्रकाश ओझा रहेका छन् ।
त्यस्तै अन्य सदस्य गरि जम्मा २५ जनाको कार्य समिति सर्बसम्मत चयन गरिएको जनाइएको छ ।
समितिको काम कार्वाही अझै प्रभाकारी मनाउनको लागि कलाकार तेज तिखातरीको संयोजकत्वमा ४ सदस्यीय कला सँस्कृती विभाग पनि गठन गरिएको छ ।
अङ्ग्रेजी वर्षको २०१७ सालमा स्थापना गरिएको उक्त समिती भारत तथा अन्य ठाउँमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग तथा उद्धार गर्ने उद्देश्यका साथ निरन्तर रूपमा स्वदेश तथा विदेशमा अलपत्र र अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । सुदुरपश्चिमेलि नेपाली समाजले अन्य देशहरुमा समेत शाखा बिस्तार गरेर आफ्ना गतिविधिहरु अगाडि बढाई रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.