डोटीमा दोश्रो चरणमा कोभिड–१९ विरुद्ध खोप लगाईंदै

532

भागरथी मडै
फाल्गुन ३, डोटी ।

डोटीमा कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप लगाउने कार्य आइतबारदेखि शुरु गरिएको छ । दोश्रो चरणको खोप लगाउने क्रममा आइतबार मात्रै ५५ जना पुरुष र ७ जना महिलाहरु गरी ६२ जनाले खोप लगाएका छन् ।
जसमध्ये २ जना पहिलो चरणमा छुट स्वास्थ्यकर्मी, ९ जना स्थानीय जनप्रतिनिधी र कर्मचारी, ३७ जना निजामती कर्मचारी, ८ जना पत्रकार, ३ जना जनपथ प्रहरी र ३ जना बैंक तथा वित्तिय सँस्थाका प्रतिनिधी रहेको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरिक्षक सूर्य बिष्टले जानकारी दिए ।
दोश्रो चरणको खोप यहि फाल्गुन ७ गतेसम्म लगाईने जनाईएको छ । जसका लागि जिल्ला अस्पताल डोटीमा पनि खोप लगाईंदैछ भने जिल्लाका सबै स्थानीय तहमै खोप लगाउने गरी चिकित्सक, स्वास्थ्य शाखा प्रमूख र खोप कार्यकर्तालाई अभिमूखिकरण पनि सम्पन्न भएको छ ।

No description available.
पहिलो चरणमा देशभरका स्वास्थ्यकर्मी तथा सफाई कर्मचारीहरुलाई निःशुल्क रुपमा कोभिड–१९ विरुद्ध आकस्मिक खोप यस अगावै दिइसकेको छ ।
जस अन्तरगत डोटीमा पनि गत माघ १४ गतेदेखि २४ गतेसम्ममा ६ सय २ महिला र ५ सय ३५ पूरुष गरी १ हजार १ सय ३७ जनाले खोप लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.