भूमि सम्बन्धी समस्या समाधान आयोग डोटी जिल्ला समितिको कार्यालय स्थापना

पदाधिकारीद्वारा आजै पदभार ग्रहण

746

फाल्गुन २, डोटी ।
भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति डोटीको कार्यालय आइतबार समुद्घाटन गरिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्न गठित आयोगको जिल्ला समितिको कार्यालयको जिल्ला समन्वय समिति डोटीका प्रमूख रामबहादुर ऐरले एक कार्यक्रमका बिच बोर्ड अनावरण गरी समुद्घाटन गरेका हुन् । कार्यालय जिल्ला समन्वय समितिको कार्यालयभित्रै रहेको छ । कार्यक्रममा बोल्दै जिसस प्रमूख ऐरले विगत लामो समयदेखिको समस्याका रुपमा रहेको सुकुम्बासीहरुलाई जग्गा प्रदान गर्ने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने काममा वर्तमान सरकार गम्भीर भएर लागेको बताए । भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेरै काम थालनि भएकोमा यस कार्यमा विशेष गरी स्थानीय तहले बढी भूमिका खेल्नुपर्नेमा ऐरले जोड दिए । उनले भने–‘स्थानीय तहका जनप्रतिनिधीहरुले भूमि सम्बन्धी समस्या समाधानमा बढी भूमिका खेल्नुपर्छ, किनकी उनिहरुले आफ्ना जनतालाई लालपूर्जा दिलाउन पाउने भएका छन् र यसमा सहयोग गर्नुपर्छ ।’
भूमि सम्बन्धी समस्या समाधानका लागि यसपूर्वका सरकारबाट पनि बेला बेलामा विभिन्न आयोग, समिति, कार्यदलका नामबाट केहि काम गर्ने प्रयास भएता पनि त्यसले पूर्ण रुपमा काम गर्न नसकेको भन्दै वर्तमान आयोगले कार्य पूरा गर्ने सफलता पाओस् भन्दै शुभेच्छा प्रकट गरे । त्यस्तै यस आयोगको जिल्ला समितिको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयभित्र हुने व्यवस्था रहेको तर जिससलाई कुनै भूमिका नदेखिएको भन्दै गुनासो गरे ।
May be an image of 1 person, standing, sitting, tree and outdoorsत्यस्तै डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले संविधान, ऐन, नियम, कार्यविधीको परिधीभित्र रहेर आयोगको मर्म अनुसार काम गर्न जिल्ला समितिलाई शुभकामना दिए । मूख्यतया भुमिहीनलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्ने काम महत्वपूर्ण काम यस आयोगलाई भएकाले यस पूर्वका आयोगको जस्तो अधुरो नरहोस् भन्दै शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा बोल्दै आयोगका डोटी जिल्ला समिति अध्यक्ष गणेश बहादुर बिष्टले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगको समन्वय सहकार्यमा आजकै मितिदेखि काम प्रारम्भ भएको जनाए । यससँगै आयोगसँग सम्झौता गर्न बाँकी रहेका डोटीका स्थानीय तहहरुलाई यथाशक्य चाँडो सम्झौता गर्न समन्वय गर्ने र यस पूर्वका आयोगहरुले गरेका कामको जिल्ला मालपोत कार्यालयबाट तुरुन्तै अभिलेख मागेर त्यसका अधुरा कामहरु पनि पूरा गरिने बताए ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, सरकारी कार्यालयका प्रमूख एवं प्रतिनिधी र डोटीमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
आजै आयोगको जिल्ला समितिका अध्यक्ष गणेश बहादुर बिष्ट, विज्ञ सदस्य झलक बहादुर पाली र सदस्य देशरत्नदेवी डाँगीले पदभार समेत ग्रहण गरेका छन् । भदभार ग्रहण लगत्तै जिल्ला समितिको पहिलो बैठक समेत बसेको छ । बैठकले जिल्ला समितिको कार्यालय स्थापना बारे सरोकारवालाहरुलाई पत्राचार गर्ने, समितिका लागि आवश्यक कर्मचारी व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गरी समन्वय गर्ने र आयोगसँग सम्झौता गर्न बाँकी रहेका डोटीका स्थानीय तहहरुसँग छिटो सम्झौताका लागि अनुरोध सहित समन्वय गर्ने निर्णय गरेको छ ।

May be an image of 1 person

May be an image of झलक पाली 'झरना', standing and text that says 'REDMI NOTE NAJARONL भलक बहादर पाली विज्ञ सदस्य'

May be an image of 1 person, sitting and text that says 'REDMI NOTE PRO NAJARONLINE.COM देशरत्न देवी डॉगी सदस्य'

 

Leave A Reply

Your email address will not be published.