डोटीका तीन स्थानीय तहमा बाल संरक्षणको लागि अवस्था विश्लेषण सम्बन्धि अभिमुखिकरण
फाल्गुन १०, डोटी ।
डोटीका तीन वटा स्थानीय तहमा बाल संरक्षणको लागि अवस्था विश्लेषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको कार्य क्षेत्र सायल गाउँपालिका, आदर्श गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रत्येक स्थानीय तहमा १÷१ दिने बाल संरक्षणको लागि स्थानिय स्तरको अवस्था विश्लेषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको वर्ल्ड भिजनका प्रतिनिधी गांगी बलायरले बताए । एकिकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाले बाल संरक्षण अवस्था विश्लेषणका लागि अवस्था विश्लेषण कार्यदल निमार्ण गरि सो अभिमुखिकरण प्रदान गरेको हो । सायल र आदर्श गाउँपालिकामा संयुक्त रुपमा फागुन ४ गते र पुर्विचौकी गाउँपालिकामा फागुन ९ गते सम्पन्न भएको जनाईएको छ।

स्थानीय बाल संरक्षण अवस्था विश्लेषणका लागि अवस्था विश्लेषण कार्यदललाई अभिमुखिकरण प्रदान गरि समुदाय स्तरमा बालबाललिका तथा वयस्कहरुसंग समुह केन्द्रित छलफल र सरोकारवालाहरु सँग अन्तरवार्ताका माध्यमबाट बाल संरक्षणका प्रमुख सवाल तथा त्यसका कारणहरु पहिचान तथा सवालका मुल कारणहरु न्युनीकरण गर्न सोहीको आधारमा बालबालिका सम्बन्धी क्रियालाप तर्जुमा गर्नका लागि स्थानीय तहलाई सहयोग पुर्याउने र बालबालिकाको आवश्यकतामा आधारीत क्रियाकलाप तय गर्नमा सहयोग पुर्याउने अभिमुखिकरणको मूख्य उद्धेश्य रहेको छ ।
यसै कार्यका लागि सायल गाउँपालिकाले रु ५० हजार रकम बिनियोजन गरेको छ भने पुर्विचौकी गाउँपालिका र आदर्श गाउँपालिकाले पनि कार्यपालिका बैठकको निर्णयमार्फत आवश्यक बजेट विनियोजन गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् । 