सार्वजनिक सुनुवाइ कार्यक्रममा एसपी मल्ल स्टेजबाटै ओर्लिएपछि …….

2,087

फाल्गुन २०, डोटी ।
डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दान बहादुर मल्ल सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्तव्य राख्दाराख्दै स्टेजबाट प्राङ्गणमा ओर्लिएका छन् । झट्ट हेर्दा यो सेलिब्रेटी कलाकारहरुको शैली हो ।
मञ्चबाट बोल्दा दर्शक श्रोताले ध्यान दिएर नसुन्ने र मन्तव्य कार्यक्रम प्रभावकारी नहुने हुँदा जनमास भएतर्फ एसपी मल्ल ओर्लिएका हुन् ।

No description available.
आदर्श गाउँपालिकाको शारदा माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय डोटीद्वारा आयोजित समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका सैयौ विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा एसपी मल्लले साइवर क्राइम, बाल विवाह, छाउपडी प्रथा, बलात्कार लगाएतका विषयमा उदाहरण सहित प्रष्टयाएका थिए ।
विद्यालयमा आयोजित कार्यक्रम भएकोले एसपी मल्लले शिक्षककै पढाउने शैलीमा विद्यार्थीकै बिचमा गएर आफ्ना कुरा राख्दा पहिलो विषय त भनेको कुरा विद्यार्थीहरूले ध्यान दिएर सुनेका छन् भने अर्कोतिर प्रहरी-विद्यार्थीको सम्बन्ध पनि नजिकिएको छ ।
त्यस्तै अहिले नेपालभरीमा करिब ५ हजारभन्दा बढी प्रहरी जवानका लागि आवेदन खुल्दा ९० हजार जतिले आवेदन दिएकोमा यस क्षेत्रका मानिसहरूले परीक्षा उत्तीर्ण गर्ने दर कम रहेको उनले बताए । यस तथ्यांकका आधारमा हेर्दा बेरोजगार संख्या धेरै रहेकोे र जागिर खान यस क्षेत्रका मानिसले अध्ययनको दायरा बढाउनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै आदर्श गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायाले हिजोको दिनमा प्रहरीको व्यवहार र प्रहरीप्रति नागरिकको बुझाई फरक भए पनि अहिलेको प्रहरी र नागरिकको सम्बन्ध निकै सकारात्मक भैसकेको र अपराध तथा विकृति विसङ्गती अन्त्य गर्न समन्वय सहकार्य आवश्यक भएको बताए ।
कार्यक्रममा डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न सबैले भुमिका खेल्नुपर्ने र यसमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावकारी माध्यम भएको बताइन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी सहायक निरीक्षक राम नाथले सचेतनामुलक गीत र विभिन्न विद्यार्थीले साङ्गितिक प्रस्तुति समेत राखेका थिए ।
डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी, आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकाया, उपाध्यक्ष कमलादेवी ओझा लगाएत स्थानीय जनप्रतिनिधि, डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्ल, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सिद्धराज जोशी, भूमि सम्बन्धी समस्या समाधान आयोगका डोटी जिल्ला विज्ञ सदस्य एवं पत्रकार झलक पाली, सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र स्थानीयबासिन्दाहरुको सहभागिता रहेको थियो ।No description available.

No description available.No description available.

Leave A Reply

Your email address will not be published.