लगनशील महिला सहकारीद्वारा फेरी २५ जना महिलालाई बाख्रा वितरण

728

फाल्गुन २०, डोटी ।
डोटीको सायल गाउँपालिकामा सक्रिय सहकारी सँस्था लगनशील महिला साना किसान कृषि सहकारी संस्थाले फेरि २५ जना महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।
यहि फाल्गुन १६ गते मात्रै सायल गाउँपालिका वडा नं. १ छपालीको कौराडीका २५ जना महिलालाई २ २ वटाका दरले बाख्रा वितरण गरेको सहकारीले आज विहिबार सायल गाउँपालिका २ को शिर्मास्थित झिल्ली बाख्रापालन समुहका महिलाहरुलाई निःशुल्क बाख्रा वितरण गरेको हो ।
२५ जना एकल तथा विपन्न परिवारका महिलालाई २ २ वटाका दरले थप ५० बाख्रा वितरण गरिएको सायल गाउँपालिकाका युवा नेता तेज बहादुर डुम्रेलले बताए ।
बाख्रा पकेट कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको लगनशील महिला साना किसान कृषि सहकारीका अध्यक्ष सृजना खड्का डुम्रेलले बताइन् ।
सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलको प्रमुख अतिथ्यतामा एकल तथा विपन्न परिवारका किसानहरुले निशुल्क बाख्रा पाएपछि स्थानीय महिलाहरुले निकै खुशी व्यक्त गरेका छन् ।
सायल गाउँपालिका, पशु सेवा शाखाको आर्थिक सहयोगमा आज दोस्रो चरणमा बाख्रा वितरण गरिएको जनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिरण परियोजना कार्यक्रम अन्तरगत उक्त सहकारीमार्फत वितरण गरिएको पशु सेवा शाखा प्रमुख भक्त बहादुर सिंहले बताए । सायल गाउँपालिकाको वडा नंं १ र २ मा चरन क्षेत्र राम्रो भएकाले बाख्रा वितरणका लागि सिफारिस गरिएको गाउँपालिका अध्यक्ष डुम्रेलले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.