जोरायलमा विपद जोखिम न्यूनीकरणमा बालबालिकाको भुमिका विषयक वक्तृत्व कला सम्पन्न

639

अमृत कुमार ओली
चैत्र ६, डोटी ।
डोटीको जोरायलमा “विपद जोखिम न्यूनीकरणमा बालबालिकाको भुमिका” विषयक वक्तृत्व कला शुक्रबार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिकाभित्रका विभिन्न विद्यालय, वडा र गाउँपालिका स्तरीय बालक्लबका सदस्यहरुबिच गराईएको प्रतियोगितामा जोरायल गाउँपालिका स्तरीय बालक्लबका सोहन ओझा प्रथम भएका छन् ।
त्यस्तै घण्टेश्वर माध्यमिक विद्यालय स्तरीय बालक्लबका सरोज बुढा द्वितीय र शिवपुर माध्यमिक विद्यालय स्तरीय बालक्लबका राजेश भट्ट तृतिय भएका छन् ।
प्रतियोगितामा विभिन्न १० वटा विद्यालयका बालक्लब, दुइ वटा वडा स्तरीय बालक्लब र एउटा गाउँपालिका स्तरीय बालक्लब गरी जम्मा १३ वटा बालक्लबको सहभागिता रहेको जोरायल गाउँपालिकाका सिसिडिआरआर कार्यक्रमका कार्यक्रम अधिकृत डम्बर बोहराले नजर अनलाईनलाई जानकारी दिए ।
जोरायल गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखा प्रमूख तेज बहादुर खत्रीको अध्यक्षता एवं सोही गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सिसिडिआरआर कार्यक्रमका सामाजिक परिचालक भीम रोकायाले जानकारी दिए ।

No description available.

Leave A Reply

Your email address will not be published.