बैतडीका मृतक सातै जनाको सामूहिक अन्त्येष्टी

499

वैशाख २२, बैतडी ।

बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा परि मृत्यु भएका छ जना र चट्याङ लागेर मृत्यु भएका एक वडा सदस्यको अन्त्येष्टी गरिएको छ। उनीहरु सातैजनाको बुधबार दशरथचन्द नगरपालिका १० स्थित महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको हो ।
अन्त्येष्टी गरिनेमा जिप दुर्घटनामा परि मृत्यु भएका पञ्चेश्वर गाउँपालिका ६ का ५० वर्षीय खेमसिंह भण्डारी, ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी,४० वर्षीय दीपक भण्डारी, जिप चालक तेज बहादुर बोहरा र पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका छन् ।
उनीहरु सातैजनाको बुधबार जिल्ला अस्पतालमा शव परीक्षणपश्चात आफन्तले अन्त्येष्टी गरेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउदै गरेको से १ ज १८३ नम्बरको जिप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो । सोमबार राती चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउदैं गरेको उक्त जिप दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त उक्त जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।
दुर्घटनामा परि अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, र २४ वर्षीय दिलिपसिंह भण्डारीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेकोे छ । घाइते मोहनसिंह भण्डारी भने जिल्ला अस्पताल बैतडीमा उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।
साँघुरो घुम्तीमा मोड्न नसक्दा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ ।
वडासदस्यको मृत्युले शोकमा डुबेको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवल गाउँ थप ६ जनाका दुर्घटनामा परि मृत्यु भएसंगै थप शोकमा डुबेको छ । – सुदूूर खबरबाट

Leave A Reply

Your email address will not be published.