सुदूरपश्चिमका मूख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

651

बैशाख २३, डोटी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।
डोटीको के.आई. सिंह गाउँपालिका वडा नं. ६ फलेडीस्थित आफ्नै घरमा मुख्यमन्त्री भट्टकी ८४ वर्षीया आमा शारदादेवी भट्टको विहिबार निधन भएको हो ।
आज बेलुकी करिब साढे पाँच बजेको समयमा उनको निधन भएको स्थानीय बासिन्दा एवं अखिल क्रान्तिकारी डोटीका संयोजक प्रकाश जोशीले जानकारी दिएका छन् ।
खासै बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भई उनको निधन भएको जोशीले बताए ।
उता धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केहि दिन यता भाइरल ज्वरोका कारण बिरामी रहेको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.