पूर्वीचौकी गाउँपालिका डोटीले अक्सिजन सहित ३५ शैय्याको आइसुलेशन बनाउँदै

770

बैशाख २४, डोटी ।

डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजन सहित ३५ शैय्याको आइसुलेशन (कोरोना अस्पताल) निर्माण गर्ने भएको छ ।
कोभिड–१९ को दोश्रो चरणमा संक्रमण फैलिंदै गएपछि गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसुलेशन बनाउने कार्यपालिकाबाट निर्णय गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले नजर अनलाईनलाई जानकारी दिए ।
आइसुलेशन निर्माणका लागि हस्पिटलमै प्रयोग हुने ३५ वटा बेडहरु ल्याइईसकेको र हिजो विहीबारदेखि नै आइसुलेशन व्यवस्थापन गर्ने कामको थालनी भैसकेको अध्यक्ष बोगटीले बताए ।

No description available.आइसुलेशनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्तीकर्तासँग समन्वय भईरहेको पनि उनले बताए ।
त्यस्तै गाउँपालिकाले सञ्चालनमा ल्याएका २ वटा बसहरुलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने निर्णय पनि भएको छ ।
यसका साथै कोभिड–१९ बाट संक्रमित सबै बिरामीहरुको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको जनाईएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग हुने
यसैबिच डोटीको बोगटान फुड्सिल गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले घोषणा गरेका छन् ।
अध्यक्षले चढ्ने गरेको गाडी विश्वव्यापी कोरोना महामारीको समयमा जनताको सहजताका लागि आवश्यक परेको बेलामा एम्बुलेन्सका रुपमा प्रयोग गर्ने अध्यक्ष गड्सिलाले घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.