प्रतिनिधिसभा विघटन गर्ने सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव
जेठ ८, काठमाण्डौ ।
सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस सहित आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोकान्तर डट कमले समाचार लेखेको छ ।