बिग्रेको भनिएको डोटीको पिसिआर मेशिन बन्यो

710

पिसिआर परीक्षणका लागि काम भईरहेकै बेला शनिबार बेलुकी एक्कासी धुवाँ निस्किएपछि काम ठप्प रहेको डोटी जिल्ला अस्पतालमा रहेको पिसिआर मेशिन बनेको छ ।
पिसिआर प्रयोगशालाको बायो सेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या भएकाले सबै मेशिनहरु बन्द रहेकोमा सिलगढी इन्द्रचोकका स्थानीयबासिन्दा तथा शिक्षक दिपेन मल्लले पावर सर्किट मर्मत गरेपछि मेशिन सुचारु भएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिए ।
मेशिन मर्मतका लागि भन्दै बायो मेडिकल इन्जिनियर जय साउँद पनि आइतबार डोटी आएका थिए ।
कोरोना भाईरस परीक्षणको दायरा बढाउन सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले डोटीमा स्थापना गरेको पिसिआर प्रयोगशालाको यहि भाद्र २ गते सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।
प्रयोगशालामा प्राविधिक समस्या आएपछि यसबिचमा डोटीमा परीक्षण गर्ने गरी संकलन गरिएका अछामका र डोटीका स्वावहरु भने धनगढी पठाइएको थियो ।

Leave A Reply

Your email address will not be published.