डोटीको बोगटानमा बहिराका लागि ५ दिने सांकेतिक भाषा तालिम सम्पन्न

476
असार १९, डोटी ।

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको सहयोगमा डोटी बहिरा संघको आयोजनामा ५ दिने नेपाली भाषा सांकेतिक तालिम सम्पन्न भएको छ ।
बहिराहरू र उनिहरूका परिवारका सदस्यलाई दोभाषेको रूपमा सांकेतिक भाषाको जानकारी प्रदान गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
परिवारका सदस्य र बहिराहरू गरी तालिममा २३ जना सहभागी भएको जिल्ला बहिरा संघ डोटीका अध्यक्ष योगेन्द्र बोगटीले जानकारी दिए ।
विशेष गरि तालिममा सहभागीहरूलाई दैनिकी सञ्चालनका लागि आवश्यक सांकेतिक भाषा सिकाइएको प्रशिक्षक सुरेश नेपालीले जानकारी दिए ।
बहिराहरूको आयआर्जन तथा सांकेतिक भाषागत क्षमता विकासका लागि गाउँपालिकाले प्राथमिकता दिने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताएका छन्  ।

Leave A Reply

Your email address will not be published.