जोरायलका १६ किसानलाई मुर्रा क्रस भैंसी वितरण

1,406

असार २३, डोटी ।
डोटीको जोरायल गाउँपालिका, पशु सेवा शाखामार्फत १६ जना किसानहरुलाई  १६ वटा मुर्रा क्रस भैंसी वितरण गरिएको छ ।
शाखाले सञ्चलन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको २५ लाख लागतमा भैंसीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम अन्तरगत मुर्रा क्रस भैंसी वितरण गरिएको हो ।

दूध तथा दुग्ध जन्य पदार्थको उत्पादन बढाउने र किसानहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले ५० प्रतिशत अनुदानमा जोरायल गाउँपालिका वडा नं. ३ र ४ बरम र गाँजरी गाउँका नमूना भैंसीपालन समूहमा आबद्ध किसानहरुलाई भैंसी वितरण गरिएको जोरायल गाउँपालिका पशु सेवा शाखाका प्रमूख मान बहादुर रानाले बताए ।

परियोजनाको २५ लाख रकमबाट भैंसी खरिद, ढुवानी, १६ वटै गोठ सुधार, भैंसीको बिमा र औषधोपचार पनि गरिने शाखा प्रमूख रानाले बताए । कैलाली र कञ्चनपुरका विभिन्न भैंसी फर्महरुबाट खरिद गरी ल्याईएको जनाईएको छ ।

May be an image of 3 people, people standing, animal and outdoors

May be an image of 1 person, standing, animal and outdoors

May be an image of 2 people, people standing, animal and outdoors

May be an image of 1 person, animal and outdoors

Leave A Reply

Your email address will not be published.