एमाले डोटीले यसरी मनायो ४३ औं पुष्पलाल स्मृति दिवस

732

झलक पाली/प्रेम नेपाली
श्रावण ७, डोटी ।

नेकपा एमाले डोटीले नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक एवं तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस विहीबार विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।
दिवसको अवसरमा एमालेले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ सिलगढीमा रहेको शैलेश्वरी मन्दिर परिसर लगाएत अन्य धार्मिक क्षेत्र र सडक क्षेत्रमा १ सय वटा रुद्राक्ष तथा अन्य प्रजातीका बोटबिरुवा समेत गरेर जम्मा २ सय ५० वटा बिरुवा रोपेको छ ।
वृक्षारोपण कार्यक्रमको थालनी नेकपा एमालेका वयोवृद्ध नेता ७५ वर्षिया सहदेव खाँतीले शैलेश्वरी मन्दिर परिसरमा रुद्राक्षको बोट रोपेर शुभारम्भ गरेपछि अन्य सहभागिहरुले वृक्षारोपण गरेका थिए ।
त्यस्तै एमालेले जिल्ला कारागार डोटीमा रहेका ५७ जना कैदीबन्दी, जिल्ला अस्पताल डोटीमा बेड भर्ना भएका १० जना र पुज्यधर्मान्तक बृद्धाश्रम डोटीमा आश्रय लिईरहेका ३ जना गरि ७० जना मानिसहरुलाई फलफूल तथा जुस वितरण गरेको छ ।
एमाले डोटीका अध्यक्ष चक्र मल्लको नेतृत्वमा वृक्षारोपण तथा फलफूल वितरण गरिएको हो ।
कार्यक्रममा एमाले डोटीका जिल्ला स्तरीय नेता, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता र पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

May be an image of 1 person and outdoors

May be an image of 2 people, tree and outdoors

No description available.May be an image of tree and outdoors

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Leave A Reply

Your email address will not be published.